सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको लेकम गाउँपालिकामा माओवादी विजयी

२०७९ जेठ २, ०२:५४ खबर संवाददाता

धनगढीः दार्चुलाको लेकम गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका रामदत्त जोशी २९७६ मत प्राप्त गरेर विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी परमानन्द जोशीले २४४५ मत प्राप्त गरे। 

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका माधवी जोशी विजयी भएकी छिन्। उनले २६८५ मत प्राप्त गरे। लेकमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। गठबन्धनबाट उपमेयरकी उम्मेदवार बनेकी कांग्रेसकी सुना जोशीले १५५४ मत प्राप्त गरे। 
 

कमेन्ट लोड गर्नुस