सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगासमा कांग्रेस र एमालेका धामीद्वय निर्वाचित

२०७९ जेठ २, ०२:४९ खबर संवाददाता

बैतडीः बैतडीको सिगास गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हरि सिंह धामी विजयी भएका छन्। उनी ३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नकेपा एमालेका जस्वीर सिंह बोहराले १७९८मत मात्रै ल्याए। निर्वाचित अध्यक्ष धामी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि विजयी भएका थिए।

उपाध्यक्षमा नेकपा एमालेकी धाना धामी विजयी भएकी छिन्। उनले २९३९ मत ल्याएकी छिन्। उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुमित्रा ऐरले २६९६ मत प्राप्त गरिन्। सिगास गाउँपालिकामा वडा नं १ मा कांग्रेसका रामचन्द्र ऐरी, वडा नं २ एमालेका ठगेन्द्र सिंह ऐर, वडा नं ३ मा नेपाली कांग्रेसका अमरसिंह धामी, वडा नं ४ मा कांग्रेसका हरिसिंह बोहरा विजयी भएका छन्।

यसैगरी वडा नं ५ मा नेकपा एमालेका राजेन्द्र बहादुर चन्द, वडा नं ६ मा नेपाली कांग्रेसका तेज बहादुर साउद, वडा नं ७ मा कांग्रेसका कर्ण बहादुर साउद निर्वाचित भएका छन्। वडा नं ८ मा नेकपा एमालेका केशव बहादुर बोहरा र वडा नं ९ मा नेपाली कांग्रेसका कृष्ण सिंह धामी विजयी भएका छन्।

कमेन्ट लोड गर्नुस