डडेल्धुरा नवदुर्गामा कांग्रेसका अवस्थी र विष्ट विजयी
डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। नेकपा एकीकृत समाजवादीलाई हराउँदै अध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र उपाध्यक्षमा निर्मला बोगटी विष्ट निर्वाचित भएका हुन्।
जम्मा खसेका ८ हजार ३३७ मतमध्ये अध्यक्षमा निर्वाचित भएका अवस्थीले २ हजार ८७९ मत पाएका छन्। उनका प्रतिद्वन्दी यसअघिका अध्यक्ष नेकपा ९एस०का कविन्द्र विष्टले २ हजार ६०६ मत प्राप्त गरेका छन्। यस्तै उपाध्यक्षमा विजयी विष्टले ३ हजार २०८ मत प्राप्त गरेकी छिन्। उनकी निकटम प्रतिद्वन्दी चन्द्रदेवी रुपालीले २ हजार ३६७ मत पाएकी छिन्।