सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

२०७९ जेठ १, ०९:०२ खबर संवाददाता

डोटी: दिपायलमा सुपप्र ००१००८ प ६६०५ नंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ सुनगढा बस्ने २३ वर्षीय नवराज कठायत रहेका छन्। 

पुरानो क्षेत्रीय सदरमुकाम राजपुरबाट पिपल्ला बजारतर्फ आउँदै गर्दा उक्त मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते भएका नवराजको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारमा क्रममा अहिले मृत्यु भएको हो भने मोटरसाइकल चालक योगेश कठायत गम्भीर घाइते भएका छन्। उनको टाउको र शरीरमा चोट लागेको र अहिले शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ। मृतक नवराजको शवपरीक्षणका लागि जिल्ला अस्पताल सिलगढीमा पठाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस