बैतडीको सिगासमा कडा प्रतिस्पर्धा, कांग्रेस र एमालेबीच टक्कर
धनगढीः बैतडी सिगास गाउँपालिकाको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। अहिलेसम्मको मतपरिणाम अनुसार सिगासको अध्यक्षमा नेपाली काँग्रेसका हरिसिंह धामीले १३ सय ८१ मत पाएर अग्रता कायम गरेका छन्। उनलाई नेकपा एमालेका जस्वीरसिंह बोहराले ११ सय २६ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै नेकपा माओवादी केन्द्रका रोशन साउँदले ५ सय ३३, नेकपा एकीकृत समावजादीका कृष्ण साउँदले ४ सय ८० मत पाएका छन्।
अहिलेसम्म सिगासका १, २, ४ र ७ वडाको मत गणना सम्पन्न भएको छ। यस्तै उपाध्यक्षमा भने एमालेको अग्रता छ। एमालेकी धाना धामीले १६ सय ४० मत ल्याएकी छन् भने कांग्रेसकी सुमीत्रा ऐरले ११ सय ७२ मत ल्याएकी छन्।
यस्तै माओवादी केन्द्रबाट लक्ष्मी चन्दले ४ सय १७ र एकीकृत समाजवादीकी भृकुटी चन्दले १ सय ५५ मत प्राप्त गरेकी छन्। यस गाउँपालिकामा कूल जनसंख्या २३,४७९ रहेको छ भने कुल मतदाता संख्या १२,१०५ रहेको छ। जसमा ६,०७५ पुरुष र ६,०३० महिला रहेका छन्। यस गाउँपालिकामा ९ वडा छन्।