सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा राप्रपाको पहिलो जित, कांग्रेस पराजित 

२०७९ जेठ १, १२:४२ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी सुरुवात गरेको छ। जिल्लाको दोधाराचाँदनी नगरपालिका–५ मा राप्रपाका केशवबहादुर खत्री ४ सय ९८ मतसहित निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरेन्द्रसिंह भण्डारीले ३ सय ८० मत ल्याए। एमालेका मोहन चन्दले २ सय ७२ मत प्राप्त गरेका छन्।

कमेन्ट लोड गर्नुस