सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको आलितालमा कांग्रेसलाई उछिन्दै माओवादी अगाडि 

२०७९ जेठ १, १२:२३ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले कांग्रेसलाई उछिन्दै अग्रता लिएको छ। ५ हजार १ सय ३७ मत गन्दा माओवादी केन्द्रका शेरसिंह पार्कीले अग्रता लिएका हुन्।

पार्कीले १ हजार ६४३ मत ल्याएका छन्। उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका बलबहादुर गुरुङले १ हजार ५ सय ९५ मत पाएका छन्।  यस्तै, एमालेका मीन बोगटीले १ हजार ५७, नेकपा एकीकृत समाजवादीका उम्मेदवार तुलाराम बोहराले २ सय ३६, स्वतन्त्र उम्मेदवार टेक खड्काले २ सय ११ मत पाउँदा हलोले २८ ल्याएको छ।

उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार मैना रावल अघि छिन्। उनले १ हजार ७३९ मत पाउँदा कांग्रेसकी ज्वाला बोगटीले १ हजार ६०४ मत ल्याएकी छन्। आलितालको वडा नम्बर १ मा एमाले, २ मा कांग्रेस, ७ मा माओवादी र वडा नम्बर ८ मा कांग्रेस विजयी भएको छ। 
 

कमेन्ट लोड गर्नुस