सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बडीकेदारको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी 

२०७९ जेठ १, ११:३७ खबर संवाददाता

धनगढी: डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्षमा काँग्रेसका भैरवबहादुर सावद २३४३ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चक्रबहादुर घर्तिमगरले १६८४ मत प्राप्त गरे भने नेकपा एकीकृत समाजवादीका भक्तबहादुर सावदले १४७१ मत प्राप्त गरे।

पालिकाको उपाध्यक्षमा पनि काँग्रेसकी डम्मरीकुमारी विष्ट २४०७ मतसहित विजयी भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सपना सिराडीले २२७६ मत प्राप्त गर्दा माओवादी केन्द्रकी देवीसरादेवी घर्तिमगरले ८३२ मत प्राप्त गरिन्।

कमेन्ट लोड गर्नुस