कञ्चनपुरको भीमदत्त-१ मा काँग्रेसका कुँवर विजयी
२०७९ जेठ १, ११:२५
धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका-१ मा नेपाली काँग्रेसका आसेफ कुवँर (भुन्टु) विजयी भएका छन्। उनी वडाध्यक्षमा ७३२ मत ल्याएर विजयी भएका हुन्।
उक्त वडामा नेकपा एकीकृत समाजवादीले अध्यक्षमा २२४, नेकपा एमालेले १९७ र राप्रपाले ६५ मत प्राप्त गरेको छ।
कमेन्ट लोड गर्नुस