सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढीमा फराकिलो मतान्तरले कांग्रेस अगाडि 

२०७९ जेठ १, ११:२० खबर संवाददाता

धनगढीः डडेल्धुराको अमरगढी नगरपालिकामा नेपाली काँग्रेस मतान्तरले मतान्तरले अगाडि बढेको छ। एमालेसँग तालमेल गरेको काँग्रेस विपी भने काँग्रेसको पछिपछि छ। 

वडा नम्बर १, २ र ३ को मत गणना हुँदा मेयर पदमा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले १ हजार २९३ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले ८४६ मत पाएका छन्। उनी ३४७ मतले पछाडि छन्।  यस्तै माओवादीका लक्ष्मण सिंहले ३१२ र एकीकृत समाजवादीकी संगिताले १२९ मत प्राप्त गरेकी छिन्।  

डडेल्धुरामा काँग्रेसको असन्तुष्ट समूहले नेपाली काँग्रेस (विपी)को चुनाव चिह्न करुवाबाट चुनाव लडेको छ। अमरगढीमा उसले नेकपा एमालेसँग तालमेल गरेको छ।
 

कमेन्ट लोड गर्नुस