सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन–६ मा काँग्रेसको प्यानल नै विजयी 

२०७९ जेठ १, ०९:५९ खबर संवाददाता

धनगढी: बैतडीको पाटन नगरपालिका–६ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा काँग्रेसका राजेन्द्रसिंह विष्ट १२१४ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीदत्त भट्टले ७९० मत पाए। वडा सदस्य पनि नेपाली काँग्रेसकै विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस