कञ्चनपुरको बेलौरी-१० मा माओवादीका वडाध्यक्ष प्यानलसहित विजयी
२०७९ जेठ १, ०७:३९
धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका-१० मा माओवादी केन्द्रका वडाध्यक्ष सोमलाल चौधरी विजयी भएका छन्। उनी १ हजार ११६ मतका साथ प्यानलसहित विजयी भएका हुन्।
एमालेका लोकेन्द्रप्रशाद जोशीले ४९९, काँग्रेसका तारादेवी खड्काले ४२८, एमालेबाट बागी लालबहादुर चौधरीले ६२१, माओवादीका बागी हस्तबहादुर चन्दले १८२, राप्रपाका सुकराम चौधरीले १३ मत ल्याएका छन्।
कमेन्ट लोड गर्नुस