बैतडीको पञ्चेश्वर-१ को अध्यक्षमा माओवादीका सार्की विजयी
२०७९ जेठ १, ०५:३२
धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका देवानीराम सार्की विजयी भएका छन्। सार्की ५३४ मतका साथ विजयी भएका हुन्।
उनले एमालेका प्रमलसिंह घटाललाई पराजित गरेका हुन्। घटालले ४४७ मत प्राप्त गरेका छन्। वडा सदस्यमा दुई जना एमालेबाट र दुई जना माओवादीबाट निर्वाचित भएका बताइएको छ। योसँगै माओवादीले बैतडीमा पनि विजयी सुरुवात गरेको छ।
कमेन्ट लोड गर्नुस