सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको साइपाल १ मा एमालेको प्यानलै विजयी

२०७९ वैशाख ३१, ०६:०१ खबर संवाददाता

बझाङः बझाङको साइपाल गाउँपालिका वडा नम्बर १ मा प्यानलसहित नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेबाट उम्मेदवारी दिएका नरेन्द्र धामीले प्रतिद्वन्द्वी साउने धामीलाई पराजित गर्दै प्यानलसहित विजय हात पारेका हुन्।

विजयी धामीले १५५ मत ल्याएका छन्  भने गठबन्धनका साउने धामी १३० मत मात्रै ल्याउन सफल भए। गाउँपालिका अध्यक्षतर्फ नेकपा एमालेका मान बोहरा १६३ मतले अग्रता लिइरहेका छन्। गठबन्धनका उज्वल बोहराले ११८ मतसहित पछ्याइरहेका छन्।

उपाध्यक्षतर्फ एमालको डोल्पा तामाङ १५६ मत र गठबन्धनका बाटु बोहरा १२८ मतसहित पछ्याइरहेका छन्।

कमेन्ट लोड गर्नुस