सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा कांग्रेसको विजयी सुरुवात, आदर्श–७ मा विष्टले प्यानलसहित जिते 

२०७९ वैशाख ३१, ०३:४५ खबर संवाददाता

डोटी: डोटीमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ। जिल्लाको आदर्श गाउँपालिका–७ को वडाध्यक्षमा  नेपाली कांग्रेसका उम्मेदवार लालबहादुर विष्ट प्यानलसहित विजयी भएका छन्।  विष्टले  ३३६ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार वीरबहादुर विष्टले २९८ मत मात्रै प्राप्त गरेका छन्।     

एमालेको आधारक्षेत्र मानिने सो क्षेत्रमा २०४८ साल देखि नेपाली कांग्रेसले पराजय भोग्दै आएको थियो। २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट लालबहादुर विष्ट वडाध्यक्षमा विजयी भएका थि । 

कमेन्ट लोड गर्नुस