सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलडाँडीमा काँग्रेसको अग्रता कायमै

२०७९ वैशाख ३१, ११:३७ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा काँग्रेसको अग्रता कायमै रहेको छ। ६२५ मत गणना हुँदा अध्यक्षमा नेपाली काँग्रेसका हरिचन्द्र रानाले २६५ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका अक्कलबहादुर विष्टले १७४, मओवादी केन्द्रका ईश्वरीदत्त भट्टले ९६र राप्रपाका प्रेमसिंह साउदले ९ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा नेपाली काँग्रेसकी शान्ति नाथ २७२ मतसहित अगाडि छिन्। त्यस्तै, नेकपा एमालेकी फुलदेवी रानाले २२३ पाएकी छिन् भने नेकपा मओवदी केन्द्रकी कल्पना गिरीले ५१, राप्रपाकी बसन्ती चौधरीले ७ र स्वतन्त्र उम्मेदवार पुष्पकमल पण्डितले ९ मत प्राप्त गरेका छन्। 

कमेन्ट लोड गर्नुस