सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेल्डाँडीमा काँग्रेसको अग्रता 

२०७९ वैशाख ३१, १०:५१ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ। गाउँपालिकाको वडा नम्बर १ मा १०० र ५ मा १३८ गरी २३८ मत गणना हुँदा अध्यक्षमा नेपाली काँग्रेसले ८८ र उपाध्यक्षमा ९० मत ल्याएको छ।

नेकपा एमालेले अध्यक्षमा ५९, माओवादी केन्द्रले ४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ मत ल्याएको छ। उपाध्यक्षमा एमालेले ८०, माओवादी केन्द्रले २७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ मत पाएको छ। स्वतन्त्र उम्मेदवारले अध्यक्षमा १ र उपाध्यक्षमा ६ मत पाएका छन्। 


 

कमेन्ट लोड गर्नुस