बझाङको खप्तडछान्ना–१ को वडाध्यक्षमा गठबन्धनका जोशी विजयी
२०७९ वैशाख ३१, ०९:५९
धनगढी: बझाङको खप्तडछान्ना गाउँपालिका–१ को वडाध्यक्षमा गठबन्धनका देविभक्त जोशी विजयी भएका छन्। उनी ४४० मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी एमालेका सुरेश खत्रीले २३८ मत प्राप्त गरे। ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका बताइएको छ। जोशी गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार हुन्।
कमेन्ट लोड गर्नुस