बझाङका तीन पालिकामा एमालेको अग्रता
धनगढी: बझाङका तीन पालिकामा नेकपा एमालेले अग्रता लिएको छ। जिल्लाको वित्थडचिर, खप्तडछान्ना र मष्टा गाउँपालिकामा नेकपा एमालेको अग्रता रहेको हो।
मष्टा गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेकपा एमालेका दिपक रोकायाले अग्रता कायम गरेका छन्। वडा नम्बर १ को ४०१ मत गणना हुँदा रोकायाले २२५ मत प्राप्त गरेका हुन्। गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका ज्ञानबहादुर बोहराले १४४ मत पाएका छन्।
वित्थडचिर गाउँपालिका वडा नम्बर १ को मत गणना हुँदा नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र बोहराले ३४५, नेपाली कांग्रेसका अमर महरले १४५ र नेकपा एकीकृत समाजवादीका जय बोहराले १५ मत प्राप्त गरेका छन्।
खप्तडछान्ना गाउँपालिकामा पनि नेकपा एमालेकै अग्रता छ। वडा नम्बर १ मा ४९४ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर सिंहले २५६ मत पाएका छन्। गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका उत्तमकुमार रोकायाले २३८ मत पाएका छन्।