सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका दुई स्थानीय तहमा कर्फ्यु

२०७९ वैशाख ३०, ०९:०४ खबर संवाददाता

बाजुरा: बाजुरा जिल्लाका २ स्थानीय तहमा कर्फ्यु जारी गरिएको छ। बूढीनन्दा नगरपालिका वडा न ७, ८, ९ र १० र बूढीगंगा नगरपालिकाका २, ३, ४, ५ र ९ मा शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षति हुनबाट जोगाउनका लागि कर्फ्यु आदेश जारी गरिएको कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस