सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ६० प्रतिशत मत खस्यो, ६ ठाँउमा मतदान स्थगित

२०७९ वैशाख ३०, ०८:३४ खबर संवाददाता

बझाङः बझाङमा ६० प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार बझाङ जिल्लामा ६० प्रतिशत मत खसेको हो। अहिले पालिकाको केन्द्रमा केही वडाका मतपेटिका पुगिसकेको भए पनि केही स्थानमा मतपेटिका पुग्ने क्रम जारी रहेको उनले बताए। 

यस्तै बझाङका ६ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका ७ को क र ख मतदान केन्द्र, केदारस्यू गाउँपालिका ४ को क र ख र सुर्मा गाउँपालिकाका दुईवटा मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको छ। 

मतदानको क्रममा गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडपको स्थिति सिर्जना भएपछि ती स्थानमा मतदान स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए। 

कमेन्ट लोड गर्नुस