सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप सातमा कोरोना सङ्क्रमण पुष्टि

२०७९ वैशाख ३०, ०८:२३ रासस

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप सात  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ४३७ को नमूना परीक्षण गरिएको थियो। एक हजार १४८ पिसिआर र २८९ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  

गत २४ घण्टामा १६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ८७३ पुगेको छ। निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा कसैले पनि कोभिड विरुद्धको खोप लगाएका छैनन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १६४ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ। होम आइसोलेशनमा १६४ सङ्क्रमित रहेका छन्। 

कमेन्ट लोड गर्नुस