सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १०२ वर्षीया वृद्धाले गरिन् मतदान

२०७९ वैशाख ३०, ०५:३४ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा १०२ वर्षीया वृद्धाले मतदान गरेकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–२ ढकनियाकी १०२ वर्षीया यशोदादेवी पनेरुले मतदान गरेकी हुन्।

उनले बैजनाथ आधारभुत विद्यालय लक्ष्मीपुर ‘ख’ मतदान केन्द्रमा ७ बजेर १५ मिनेट जाँदा पहिलो मत खसालेकी मतदान अधिकृत महेशराज भट्टले बताए। यशोदालाई उनका छोरा जनकराज पनेरुले मतदान गर्न सघाएका छन्। पञ्चायती शासनदेखि हालसम्म निरन्तर रूपमा मतदानमा सहभागी हुँदै आएको यशोदाले बताइन् ।

 


 


 

कमेन्ट लोड गर्नुस