दार्चुलामा झडप, प्रहरीद्वारा ५ राउण्ड हवाई फायर
धनगढीः दार्चुलाको शैल्यशिखर नगरपालिका वडानम्बर ६ को पशुपति भवन माविको मतदान केन्द्रमा झडप भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदान केन्द्रमै झडप भएको हो।
विषयमा मतदाताबीच विवाद भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतीक बिष्टले जानकारी दिए। झडपलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ। मतपेटिका र कर्मचारी सुरक्षित रहेको डीएसपी बिष्टले बताए। अहिले झडप नियन्त्रणमा आएको छ। मतदान भने रोकिएको छ। विवाद समाधान गरी मतदान गराउने विषयमा छलफल भइरहेको छ।