बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण
बैतडी: बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरिएको छ। जिल्लाको सुर्नया गाउँपालिका–२ स्थित वासुदेव मावि लिस्किटा केन्द्रमा सोही ठाउँका मोहनराम विकमाथि कुटपिट भएको हो।
एमाले तथा राप्रपाका कार्यकर्ता मिलेर मोहनमाथि मतदान केन्द्रमै कुटपिट गरिएको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य प्रकाश लुहारले बताए। मतदान केन्द्रमा गएका बेला आफूलाई लखेटर लात्तीले हानेको घाइते मोहन विकले बताएका छन्।
मोहनलाई उपचारका जिल्ला अस्पताल लगिएको छ। कुटपीटमा संलग्न विक्रम बिष्ट, हरजीत बिष्ट, दिनेश बिष्ट र संग्राम बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।