डोटीमा करिब २५ प्रतिशत मत खस्यो
धनगढीः डोटीमा अहिलेसम्म करिब २५ प्रतिशत मत खसेको जनाइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार करिब २० देखि २५ प्रतिशत मत खसेको पाइएको छ।
बिहान ७ बजेदेखिनै सबै मतदान केन्दहरूमा मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिए। मौसमले समेत साथ दिएका कारण मतदान उल्लासपूर्ण वातावरणमा भइरहेको काफ्लेले बताए। डोटीका अधिकांश मतदान केन्द्रहरूमा सबैभन्दा वृद्ध व्यक्तिबाट मतदान सुरू गरिएको बताइएको छ।
डोटीमा एक सय ७१ मतदान केन्द्र रहेका छन भने एक सय १५ मतदान स्थलहरू छन्। डोटीमा मतदाताको संख्या एक लाख २३ हजार पाँच सय ५४ रहेको छ।