बैतडीमा ११३ वर्षीया वृद्धाले हालिन् भोट
बैतडीः बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छन्। जिल्लाको पाटन नगरपालिका ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन्।
मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्दघाटन गरेको उनका छोरा समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए। देशमा बलियो व्यवस्था र स्थानीय ठाउँको विकास होस् भनेर आफूले मतदान गरेको भट्टले बताइन्। बैतडीमा ४ सय ४० जनप्रतिनिधि छान्नका लागि मतदान भईरहेको छ।