सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री बडू र उपसभामुख जोशीद्वारा मतदान

२०७९ वैशाख ३०, १०:०३ रासस

दार्चुला: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले मतदान गरेका छन्।

उनीहरु दुवै जनाले महाकाली नगरपालिका–५ को अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको (क) केन्द्रबाट मतदान गरेका हुन्। महाकाली नगरपालिका–५ किम्तडी घर भएका मन्त्री बडू र उपसभामुख जोशी मतदातासँगै लाइनमा बसेर मतदानमा सहभागी भएका थिए।

कमेन्ट लोड गर्नुस