बझाङका मतदान केन्द्रमा राखिएका शंकास्पद वस्तु निष्क्रिय
धनगढीः बझाङका दुई मतदान केन्द्र राखिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल–८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको थियो।
जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसकुकर बम जस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टा जस्तो शंकास्पद वस्तु भेटिएको थियो। ती दुवै शंकास्पद वस्तु सेनाको टोलीले निष्क्रिय पारेको हो।