सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको भानोदय मतदान केन्द्रमा झडप

२०७९ वैशाख ३०, ०९:४० खबर संवाददाता

धनगढी: बाजुराको बुढीगंगा नगरपालिका-५ भानोदय मावि मतदान केन्द्रमा झडप भएको छ। मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको बताइएको छ।

प्रत्यक्षदर्शी चेतराज रेग्मीका अनुसचार दुवै पक्षबीच ढुंगा हानाहान भएको हो। झडपका क्रममा मतदान व्यवस्थापनमा राखिएका सामग्रीहरु तोडफोड भएका र दुवै पक्षबीच समझदारीको प्रयास भइरहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस