बैतडीमा मतदान गर्न गएका वृद्धको मृत्यु
२०७९ वैशाख ३०, ०८:४७
धनगढी: बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका-३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरी निरीक्षक दीपक विष्टका अनुसार भाट आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थलबाहिर मुर्छा परेका थिए। उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस