कञ्चनपुरमा पनि मतदान सुरु
धनगढी: कञ्चनपुरमा पनि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। निर्वाचन आयोगले तोकेको समय अनुरुप जिल्लाका ९ वटै पालिकामा मतदान सुरु भएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तारा प्रशाद शर्माले जिल्लाका ९ वटै पालिकामा मतदान सुरु भएको बताए। कञ्चनपुरमा ४ सय ७८ पदका लागि २ हजार १ सय ४१ उम्मेदवार चुनावी मैदानमा छन्। जिल्लामा कुल २ लाख, ९५ हजार ३ सय ५४ मतदाता रहेको बताइएको छ।