बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला
धनगढी: बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका-१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल-८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो।
जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसकुकर बम जस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टा जस्तो शंकास्पद वस्तु भेटिएको बताइएको छ। दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ।