सुदूर नेपाललाई विश्वसँग जोड्दै

आन्तरिक पर्यटन प्रवर्द्धन भईरहँदा होमस्टे सञ्चालन गर्ने क्रम बढ्दै

२०७५ माघ २८, १०:२४ सीताराम ओझा

आन्तरिक पर्यटन प्रवद्र्धन भईरहेका वेला सुदुरपश्चिम प्रदेशमा होमस्टे सञ्चालन गर्ने क्रम बढ्दै गएको छ। कैलाली कञ्चनपुरका विभिन्न ठाउँहरुमा होमस्टे सञ्चालन हुन थालेको हो । कैलाली र कञ्चनपुरमा आधा दर्जन बढी ठाउँहरुमा होमस्टे सञ्चालन भएका वेला पहाडी क्षेत्रमापनि सञ्चालन गर्न थालिएको छ । होमस्टे सञ्चालन भएपछि स्थानीय वासिन्दाको जीवनस्तर फेरिएको छ । उनीहरु आर्थिक रुपमा पनि सक्षम बन्दै गएका छन् । होमस्टेको माध्यमले कला संस्कृति जोगाउन पनि सहयोगी भुमिका खेल्दै आएको छ । कुनै विषय बर्ग समुदाय र विशेष पहिचान बोकेका वस्तीहरुमा होमस्टे सञ्चालन गर्ने क्रम बढ्दै गएको छ । आधुनिकताको प्रभावले मौलिकता हराउन थालेका मेला मौलिक पहिचान बोकेर होमस्टे सञ्चालन हुन थालेका हुन् । 

सवैभन्दा पहिलो होम स्टेका रुपमा कैलालीको भादामा ९ बर्ष अगाडी भादामा होमस्टे सञ्चालनमा ल्याईएको थियो । थारू समुदायको कला संस्कृति, परम्परा, भेषभूषाको अध्ययन अवलोकनका दागि भादा गाउँ घरवास मुख्य गन्तव्यका रुपमा परिचित हुन थालेको छ । शत प्रतिशत थारू चौधरी समुदायको बसोवास रहेको गाउँमा वर्षेनी भादा घरवास कार्यक्रम सञ्चालन गरिएसँगै थारू समुदायको संस्कृति, रहनसहन, परम्परा, वेषभूषाको अध्ययन अवलोकन गर्नका लागि प्रमुख गन्तव्य क्षेत्र बन्न थालेको हो । पर्यटकले साक्षात्कार गर्ने अवसर पाएसँगै स्थानीयवासीको जीवनशैलीमा परिवर्तन देखिन थालेको भादा गाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए । 

भादापछि कैलालीको घोडाघोडी नगरपािलकामा पनि माघी होमस्टे सञ्चालन गरिएको चार बर्ष वितेको छ । जैविक विविधताको मज्जासँगै गाउँ पुग्ने पर्यटकले थारूको परम्परागत संस्कृति, रहनसहन, वेषभूषा, खानपिनबारे जानकारी लिने अवसर पाउने गरेका छन् । घरवास सञ्चालनपछि आयआर्जनमा समेत वृद्धि भई स्थानीयव ासीको आर्थिक जीवनमा परिवर्तन हुन थालेको माघी होमस्टे समतिीका सचिव मानवहादुर चौधरीले जानकारी दिए  । कैलालीको बसन्ता क्षेत्रमा पनि हालै आएर होम स्टे सञ्चालन गरिएको छ । होम स्टे सञ्चालन भएपछि निरक्षर साक्षर हुँदै गएका छन् भने उनीहरुले सरसफाईमा समेत ध्यान दिन थालेका छन् ।

घरवास सञ्चालनका समयमा अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटकलाई थारू संस्कृति र परम्परासँग सम्बन्धित सेवा सुविधा उपलब्ध गराउने गरिएको छ । कञ्चनपुरको शुक्लाफाटामा आउने पर्यटकलाई ध्यानमा राखेर मझगाउँमा होम स्टे केही बर्षदेखि सञ्चालनमा रहेको अवस्थामा शुक्लाफाटा नगरपािलको झलारीमा पनि होम स्टे सञ्चालन भएको छ । कञ्चनपुरको वाणी शिविरमा पनि केही समय अगाडी होम स्टे सञ्चालन भएको छ । यसले शिविरमा वस्दै आएका स्थानीय वासिन्दाहरु आर्थिक रुपमा पनि सक्षम बन्दै गएको होम स्टे सञ्चालक समितीकी अध्यक्ष जमुना चौधरीले बताईन् । लोप हुन लागेको सीप, कला, संस्कृति, भाषा, खानपिन, रहनसहनको संरक्षण सम्वद्र्धनमा टेवा पु¥याउन घरवास सञ्चालन गरिने क्रम बढेसँगै अझै होम स्टे सञ्चालनमा आउने तयारीमा समेत रहेका छन् । घरवास कार्यक्रम सञ्चालनवाट स्थानीयस्तरमा स्वरोजगारको अवसर सिर्जना हुने, गाउँको प्रचारप्रसार हुने, हरेक जातजाति तथा देश विदेशका नागरिकबीच सद्भाव कायम राख्न मद्दत समेत पु¥याउने गरेका कारण यसले बढावा पाईरहेको छ । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस