बझाङमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप
बझाङ: बझाङमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ। सुर्मा–५ सैनगाउँमा भएको झडपमा परि नेकपा एमालेका एकजना कार्यकर्ताको आँखामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
सुर्मा गाउँपालिकाको सैनगाउँस्थित धौलदेउ आधारभूत विद्यालयमा दिउँसो साढे ४ बजे भएको झडपमा परि एमाले कार्यकर्ता रामबहादुर बोहराको दाहिने आखाँमा चोट लागेको प्रहरीले जनाएको छ।
अशक्त, अपांग व्यक्तिहरुको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच सामान्य झडप परेको बताइएको छ। सुरक्षाकर्मीले झगडा साम्य पारेको बझाङ प्रहरीले जनाएको छ।