बझाङमा १४ वर्षीया किशोरी बलात्कृत
बझाङ: बझाङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान बझाङ प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो।
उनले सोही ठाउँस्थित मौरी खोला जलविद्युत आयोजना पावर हाउसको भवनमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। उक्त सूचनापछि प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले धामीलाई पक्राउ गरेको हो।
उक्त विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।