सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमानले मञ्चमै जुत्ता खोलेपछि...

२०७९ वैशाख २८, १२:५८ खबर संवाददाता

मुम्बईः बलिउड अभिनेता सलमान खानको एउटा भिडियोले यतिबेला चर्चा पाइरहेको छ। सोही भिडियोपश्चात् दबंग खानका प्रशंसकहरू उनको तारिफ गरेर थाकिरहेका छैनन्। सलमानको भाइरल भइरहेको भिडियो मराठी चलचित्र ‘धर्मवीर’ को ट्रेलर सार्वजनिकको मौका थियो। जहाँ उनले मञ्चमा नै जुत्ता खोलेपछि उनका प्रशंसकहरू उनको तारिफमा उत्रिएका हुन्। 

शिवजी महाराजको प्रतिमा, शिवसेनाका संस्थापक बालासाहेब ठाकरे, उनकी पत्नी मीनाताई ठाकरे र दिवंगत आनन्द दीर्घेको तस्बिरमा श्रद्धाञ्जलि दिन सलमान खान जुत्ता खोलेर गएका हुन्। सलमानले सम्मानमा जुत्ता खोलेपछि दर्शक उनको प्रशंसा गर्न थालेका हुन्। मञ्चमा सलमानका साथै महाराष्ट्रका सीएम उद्धव ठाकरे र उनकी छोरा आदित्य ठाकरे पनि उपस्थित थिए।
 

कमेन्ट लोड गर्नुस