पैसा तिरेको ६ बर्षसम्म पनि विद्युत नदिएको भन्दै विद्युत सहकारीमा तालाबन्दी
घोडाघोडी नगरपालिकाको ५ र ७ वडाका वासिन्दा आन्दोलित
कैलालीको घोडाघोडी नगरपालिकाका ५ र ७ का स्थानीय बासिन्दाहरु विद्युतबाट बन्चित भएको भन्दै आन्दोलित भएका छन । घोडाघोडी विद्युत ग्रामीण सहकारी संस्था सुख्खडले २०६९ सालतिर विद्युत नपुगेका ठाउँका जनतासगँ १५ सय र २५ सयका दरले पैसा उठाएर पनि विद्युत नदिएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । लामो समयदेखि बिद्युतबाट बन्चित हुनु परेको भन्दै घोडाघोडी नगरपालिका ५ र ७ का स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन । आईतबार वडा नम्बर ५ र ७ को संयुक्त वडा कार्यलय र घोडाघोडी विद्युत ग्रामीण सहकारी संस्थामा तालाबन्दी समेत गरिएको छ । वडा नम्बर ५ र ७ को सयुक्त वडा कार्यलयमा ताला बन्दी गरी त्यहाँबाट विरोध र्याली गर्दे घोडाघोडी नगरपालिकामा स्थानियहरु पुगेका थिए ।
घोडाघोडी विद्युत ग्रामीण सहकारी संस्था सुख्खडले २०६९ साल विद्युत नपुगेका ठाउँका जनतासगँ १५ सय र २५ सयका दरले पैसा १ वर्षभित्र बिद्युत पुर्याउने भनेर स्थानीयहरु सगँ सम्झौता गरेको थियो । तर सम्झौता गरेको ६ वर्ष बिति सक्दा पनि अझै बिजुली नपाएको बन्दै स्थानीय उपभोक्ताहरु आक्रेसित भएका हुन् । दबाब दिका लागि विरोधमा उत्र्रिएको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलीयाका स्थानीय मान बहादुर शाहीले बताए । घोडाघोडी नगरपालिका भित्र अझै केही ठाउँमा विद्युत पुग्न सकेको छैन । बिद्युत नपुगेको ठाउँमा विद्युत पुर्याउन्छु भनेर घोडाघोडी विद्युत ग्रामीण सहकारी संस्थाले काम गरिरहेको छ । स्थानीय ,प्रदेश र संघको चुनाव हँुदा भोट पाइन्छ भन्ने आशाले केही ठाउँमा विद्युतका पोल र तार तान्ने काम गरेपनि त्यसपछि केही नगरेको उपभोक्ता कासीराम बोहोराले आरोप लगाए । विद्युत नहँुदा स्थानीयहरुले सोलार प्रयोग गरिरहेका छन् ।
घोडाघोडी विद्युत ग्रामीण सहकारी संस्थाले घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकाका विभिन्न वडामा विद्युत पुर्याउने काम गरिरहेको छ । अझैसम्म पनि केही वडाका गाउँमा सहकारी संस्थाले विद्युत पुर्याउन सकेको छैन । नगरपालिका गम्भीर भएर लागिरहेको र सहकारी संस्थाका पदाधिकारीहरुसगँ बसेर छलफल गर्ने काम गरिरहेको घोडाघोडी नगरपालिका वडा नम्बर १ तथा कार्य पालिकाका प्रवक्ता मनराज शाहीले बताए । नेपाल विद्युत प्राधिकरणले विद्युत बाल्नको लागि एक कम्पनीलाई ठेक्का दिएको छ । सरकारले गर्दा यो काम ढिलो भएको घोडाघोडी विद्युत ग्रामीण सहकारी संस्थाका अध्यक्ष भीम बडुवालले बताए । आफु यो वर्षमा तीन तीन पटक जनप्रतिनिधि, प्रदेशका र केन्द्रका सासंदलाई नेपाल विद्युत प्राधिकरणको कार्यालयमा चैत्र मसान्तसम्म विद्युत बाल्छौँ भनेर हस्ताक्षर गरेको दावी गरे ।