सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला 

२०७९ वैशाख २७, १०:०३ खबर संवाददाता

काठमाडौं: भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन्। नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन्। एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन्। ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेको स्रोतले बतायो।

घटनाको पूरा विवरण खुल्न बाँकी छ। सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्।
 

कमेन्ट लोड गर्नुस