बाजुरामा आजदेखि मदिरा विक्री वितरण गर्न नपाइने
२०७९ वैशाख २७, ०८:३०
धनगढी: बाजुरामा आजदेखि मदिरा विक्री वितरण गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै आज राति १२ बजेदेखि मदिरा विक्री वितरण गर्न नपाइने जनाएको हो।
मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभर मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचनामा उल्लेख छ। वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मदिरा विक्री वितरणमा रोक लगाइएको जनाइएको छ।
कमेन्ट लोड गर्नुस