सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन

फाइल फोटो
फाइल फोटो
२०७९ वैशाख २६, ०८:१४ रासस

ताप्लेजुङ: विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ। आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्चनजङ्घा हिमाल आरोहणका लागि पायोनिर एड्भान्चर प्रालिबाट गएका थिए। मृतकको शव उद्धारका लागि टोली परिचालन गरिएको पायोनिर एड्भान्चर प्रालिका कार्यकारी निर्देशक निभेश कार्कीले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस