सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवा करोड बढी लगानीमा बिज भण्डार केन्द्र स्थापना हुँदै

वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी

२०७५ माघ २७, ११:३६ सीताराम ओझा

नवजीवन को–अपरेटिभ लिमिटेडले कैलालीको मझगाउँमा सवा करोड बढी लगानीमा बिज भण्डार केन्द्र स्थापना गर्ने भएको छ । मसुरोर्ला पहिलो प्राथमिकतामा राखेर बिज भण्डार केन्द्र खोल्न थालिएको छ । त्यसको निर्माणको काम पनि सुरु भएको छ । १ हजार मेट्रिक टन क्षमताको भण्डार केन्द्र वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सिमित बैकिङ कारोबार गरिरहेको नवजीवन को–अपरेटिभ सहकारी संस्था लिमिटेडले कैलालीको मझगाउँमा सवा करोड बढी लगानीमा बिज भण्डार केन्द्र स्थापनाका लागि काम थालेको छ । किसान र शेयर सदस्यहरुको माग अनुसार बिज भण्डार केन्द्र निर्माणको काम थालिएको हो । संरचनाको जग निर्माण भएको अवस्थामा आगामी बैशाखदेखि सञ्चालनमा ल्याउने तयारी सहित काम अगाडी बढिरहेको नवजीवन को–अपरेटिभका उपाध्यक्ष गोविन्दराज जोशीले बताए । 

एक हजार मेट्रिक टन क्षमताको बिज भण्डार निर्माणको काम सुरु भएको छ। सहकारीले शित भण्डार निर्माणका लागि किनेको जग्गामा त्यो आयोजना परिवर्तन गरी बिज भण्डार केन्द्रको निर्माण थालिएको हो । एक करोड २४ लाखको लागत अनुमानमा बन्ने बिज भण्डार केन्द्र निर्माणका लागि रिज्मएफपीले ४१ लख ७५ हजार अनुदान दिएको छ भने ८२ लाखभन्दा वढी रकम सहकारीले लगानी गरिरहेको नवजीवन को–अपरेटिभका सञ्चालक खेमराज पाण्डेयले बताए । बिज भण्डार केन्द्रमा मसुरोलाई पहिलो प्राथमिकता दिईने छ । त्यसपछि अन्य अन्नहरुको पनि भण्डार गरिने छ । मौसममा कम मुल्य पाउने गरेका किसानहरुले सिमित अवधिका लागि त्यहाँ भण्डार गरेर बेमौसममा बिक्री गर्न सक्नेछन् । तोकिएको शुल्क तिरेर किसानहरुलाई बढी फाईदा हुने गरी बिज भण्डार सञ्चालनमा ल्याउन लागिएको छ । सबै किसिमका अन्नहरुको भण्डार संकलन प्रशोधन लगायतका सबै कामहरु भण्डार केन्द्रले गर्नेछ । 

नवजीवन को–अपरेटिभ लिमिटेडले बैकिङ सुविधा थप्दै बिना धितो कर्जा दिने शुपथमुल्य पसल सञ्चालन गर्ने तयारी पनि गरेको छ । बिज भण्डारमा राखिएका प्रशोधन गरिएका र किनिएका अन्नहरुलाई शुपथ मुल्य पसलबाट पनि बिक्रीको व्यवस्था मिलाईने छ । यसले किसानहरु लाभान्वित हुने नवजीवन को–अपरेटिभका उपाध्यक्ष गोविन्दराज जोशीले बताए । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस