कञ्चनपुरका एक युवकको दुबईमा मृत्यु
धनगढी : कञ्चनपुरका एक युवकको दुबईमा मृत्यु भएको छ। जिल्लाको वेदकोट नगरपालिका-४ बगुनका २२ वर्षीय खडक साउदको शनिबार दुबईमा मृत्यु भएको सो नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले बताए।
उनका अनुसार साउद दुई महिना पहिले मात्रै रोजगारीका लागि दुबई गएका थिए। उनी आफू बस्ने कोठामा मृत फेला परेका बताइएको छ। नगर प्रमुख चन्दले दुबईमा रहेका नेपालीहरुलाई आवश्यक सहयोगका लागि अनुरोध पनि गरेका छन्।