सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सेवा समाज युएई दुबई समिति गठन

२०७५ माघ २६, ०६:२६ खबर संवाददाता

सुदूरपश्चिम सेवा समाज युएईको दुबई क्षेत्रिय समिति गठन गरिएको छ। युएईमा कार्यरत सुदूरपश्चिमेलीहरुलाई एकताको सुत्रमा बाध्ने उद्देश्यले स्थापना गरिएको सुदूरपश्चिम सेवा समाज युएईले महेश सिहको अध्यक्षतामा दुबई समिति गठन गरेको हो।

दुबईको जाबेल पार्कमा शुक्रबार आयोजना गरिएको एक कार्यक्रमका बिच सिहको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरिएको हो। समितिको उपाध्यक्षमा सागर बोहरा, सचीव प्रकास चन्द, सह सचिव सुरेन्द्र खडायत, कोषाध्यक्ष तारा बिस्ट र सह कोषाध्यक्ष प्रकास खडका चयन भएका छन्।

यस्तै सदस्यहरुमा तारा गैराल,दिपक बम,  टंक प्रसाद जोसी, ईन्द्र नाथ र  निर्मला देबि बुढा चयन भएका छन्। समितिको सल्लाहकारमा चन्द्र सिह धामी, राजेन्द्र जोशी र भरत परियार (सागर) चयन भएका छन्। 
 

कमेन्ट लोड गर्नुस