सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा दाईले भाईमाथि कोदालो प्रहार गरेपछि...

२०७९ वैशाख २३, ०३:३७ खबर संवाददाता

धनगढीः बैतडीमा दाइले भाइमाथि कोदालो प्रहार गरेका छन्। शुक्रबार जिल्लाको डिलाशैनी गाँउपालिका-७ स्थित मनेकुडामा २८ वर्षीय श्याम ऐर (भाई) माथि ३० वर्षीय (दाई) विरेन्द्र ऐरले कोदालो प्रहार गरेका हुन्। 

दिउसो करिव साढे १ बजेतिर पानीको विषयमा विवाद हुँदा विरेन्द्रले कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता लोकराज जोशीले बताए। कोदालो प्रहारबाट घाइते भएका श्यामलाई अहिले स्थानीय गोकुलेश्वर अस्पतालमा लगिएको र उपचारको क्रममा रहेको जोशीले बताए।

यस्तै कोदालो प्रहार गर्ने विरेन्द्रलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। अनुसन्धानपछि घटनाको विस्तृत कारण खुल्ने बताइएको छ। 

कमेन्ट लोड गर्नुस