सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा काँग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर

२०७९ वैशाख २३, ०२:३६ खबर संवाददाता

धनगढीः बाजुरामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका-९ स्थित अगाउँपानीमा झडप भएको हो। 

समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको भन्दै काँग्रेसका कार्यकर्ताहरुले ढुगांमुढा गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। झडपमा ३ जना प्रहरीसहित काँग्रेसका कार्यकर्ता घाइते भएका छन्।

झडपपछि समाजवादीका कार्यकर्ताहरु प्रहरी चौकीमा पुगेका थिए। उनीहरुलाई प्रहरीले स‌ंरक्षण गरेको भन्दै काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकी तोडफोड गरेका छन्। चौकी तोड्न थालेपछि प्रहरीले हवाई फायर समेत गरेको बाजुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताए।

कमेन्ट लोड गर्नुस