बैतडीमा वडाध्यक्षका उम्मेदवारको घोषणाः सरकारी सुविधा सामाजिक क्षेत्रमा खर्च गर्ने
धनगढीः बैतडीमा एक वडाध्यक्षका उम्मेदवारले निर्वाचित भएपछि आफूले पाउने सेवा सुविधा सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन्। मेलौली नगरपालिका २ मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार कृष्णदत्त भट्टले यस्तो घोषणा गरेका हुन्।
चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले चुनाव जितेपछि जनताको सेवामा सधैं खटिने जनाएका छन्। यस्तै उनले वडाभित्र समान शिक्षा र सर्वसुलभ स्वास्थ्योपचार अभियान अघि बढाउने, कृषियोग्य भूमीमा सिँचाई व्यवस्था गर्ने, सलेना स्वास्थ्यचौकीमा एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्।