अफगानिस्तानमा बाढीको वितण्डा, ८ जनाको मृत्यु
२०७९ वैशाख २३, १२:३१
एजेन्सीः यो हप्ताको सुरुमा आएको बाढीले अफगानिस्तानको उत्तरपश्चिमका प्रान्तका धेरै ठाउँमा वितण्डा मच्चाएको छ। बाढीमा आठ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
बाढीले अफगानिस्तानको उत्तरी बाघलान र पश्चिमी बाघिस प्रान्तलाई सबैभन्दा धेरै क्षति पुर्याएको छ।
कमेन्ट लोड गर्नुस