सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा चुनाव अवधिभर मदिरा निषेध

२०७९ वैशाख २२, ११:१८ खबर संवाददाता

बझाङ: बझाङमा स्थानीय तहको निर्वाचन अवधिभर मदिरा निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यहि वैशाख २५ गतेदेखि जेठ १ गते सम्म मदिरा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो। 

चुनावी प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खल्बल्याउने तथा निर्वाचन आचारसंहिताको उल्लंघनका घटना बढने भन्दै मदिरा बिक्री वितरण तथा ओसारपोसारमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

यस्तै चुनावका बेला बालबालिकाको प्रयोग, सार्वजनिक ठाउँमा दलका झण्डालगायत उम्मेदवारका प्रचार सामग्री भेटिन थालेकाले निर्वाचन आचारसंहिता उल्लंघन नगर्न प्रशासनले आग्रह गरेको छ।  
 

कमेन्ट लोड गर्नुस