डोटीमा जिप दुर्घटना हुँदा ९ जना घाइते
२०७९ वैशाख २१, १०:४१
धनगढी: डोटीमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। जिल्लाको पुर्वीचौकी गाउँपालीकाको साना गाउँमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्।
घाइते मध्ये १ जनाको अवस्था गम्भिर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र घटनाको थप विवरण आउन बाँकि रहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस